शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चोरीको ल्यापटपसहित पक्राउ

शनिबार, २० चैत २०७२, १६ : १२
शनिबार, २० चैत २०७२
काठमाडौं–चितवन जुटपानीका विक्रम तामाङ चोरिको ल्यापटपसहित पक्राउ परेका छन् । शुक्रबार मध्यरातमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको गस्ती टोलीले तामाङलाई एचपी ब्राण्डको ल्यापटपसहित पक्राउ गरेको होे । ‘मध्यरातमा शंकास्पद तरिकाले हिँडिरहेको बेला हामीले उनलाई पक्राउ गरेका थियौं’ कोटेश्वरका इन्सपेक्टर उद्धव सिंह भाटले भने, ‘सोधपुछका क्रममा उनले ल्यापट चोरी गरेर ल्याएको स्विकारे ।’ चितवनको जुटपानी–३ स्थायी घर भएका तामाङबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर भाटले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप