शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने

शनिबार, २० चैत २०७२, १७ : २०
शनिबार, २० चैत २०७२

काठमाडौँ– नेपाली कला तथा चलचित्र क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्नेमा कलाकारले जोड दिएका छन् ।

टेलिशृङ्खला ‘ल्याप्चे’ को रजत उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा चलचित्रमार्फत विभिन्न जातजातिका नेपाली संस्कृति तथा मौलिकतालाई जगेर्ना गर्न सरकारी नीति र सहयोगको खाँचो सरोकार भएकाहरुले औंल्याएका हुन् ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीले साना तथा ठूला चलचित्र निर्माण गर्दा दर्शकको चाहना र बजारको अवस्थालाई अध्ययन गर्नुपर्नेमा जोड दिए । नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्का मगर, चलचित्रकर्मी चेतबहादुर सिंहलगायतले चलचित्र तथा कलाकारिता क्षेत्रको विकासका लागि सरकारले आवश्यक नीति ल्याउनुपर्ने सुझाव दिए ।

‘ल्याप्चे’का निर्माता मित्रलाल तामाङले चलचित्र क्षेत्रमा स्वस्थ्य, स्वच्छ र व्यावसायिक प्रतिस्पर्धाको विकास गर्न जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप