सबै मिलेर विकास र शान्तीको बाटो खोजौं : पूर्वराष्ट्रपति यादव
भैरहवा– गणतन्त्र नेपालका प्रथम पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको वर्तमान अवस्थामा सबै मिलेर विकास र शान्तीको बाटो खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सद्भाव वर्ष २०१६ को अवसरमा भैरहवामा आयोजित सद्भावका लागि क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रथम पूर्वराष्ट्रपति यादवले अहिले राजनैतिक दल, व्यवस्थापिका संसद, विपक्षी दल सबै मिलेर शान्तिपूर्ण विकासको बाटो खोज्न र जनताले पनि त्यसमा होस्टेमा हैसे थप्ने बेला आएको बताए । उनले सबै नेपालीहरु पहाडी, मधेशी, हिमालीको नाममा नभई एकजुट हुन समेत आव्हान गरे ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनेकोले यसलाई जिवित राख्नु सबैको साझा कर्तव्य भएको उनको भनाई थियो । अहिलेको संविधानले सबैको राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक अधिकार सुरक्षित गर्ने संविधान हुनुपर्ने उनको तर्क थियो । यद्दपी जारी संविधानप्रति उनले असन्तुष्टि समेत व्यक्त गरे । ‘मैले भनेको थिए, एक डेढ महिना अझै कुरौं, तर, उहाँहरुले मान्नुभएन आखिर लगत्तै संसोधन गर्नुपर्यो’ यादवले भने ।
मधेशी दलहरुलाई अधिकारको लडाईं लड्नुपर्ने बताउदै उनले यसको लागि लोकतान्त्रिक पद्धति अपनाउन सुझाव दिए । आन्दोलनको नाममा नाकाबन्दी, ढुङ्गामुढा गर्ने काम लोकतान्त्रिक अभ्यास नभएको उनको भनाई थियो । बुद्धको देशमा जन्मेको नेपालीले शान्तिको सन्देश फैलाउनुपर्ने उनको भनाई थियो ।
आधा वर्ष लामो मधेश आन्दोलन र त्यसबाट फैलिएको असहज वातावरणलाई सहज बनाउन भैरहवामा साईकल र्याली तथा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना भएको हो । ग्लोबल पिस फाउण्डेशन नेपाल, संयुक्त युवा तथा बिद्यार्थी मञ्च, टुर डे लुम्बिनी–पेडल फर पिस र लुम्बिनी वल्र्ड पिस फोरमको संयुक्त पहल तथा बुम रेमिट्यान्सका सहजीकरणमा भैरहवामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा क्रिकेट खेल्ने नेपाली क्रिकेटरको प्रर्दशन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण