शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रक्सीको बट्टाभित्र डलर बोक्ने चिनियाँ नागरिक एयरपोर्टबाट समातिए

शनिबार, २० चैत २०७२, १७ : ५२
शनिबार, २० चैत २०७२

काठमाडौं– स्कच ह्विस्कीको बट्टाभित्र डलर बोकेर काठमाडौंबाट हार्विन जान लागेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चेङदु हुँदै हार्विन जान लागेका राहदानी नम्बर ई ६६०७९९८५ वाहक चिनियाँ नागरिक डियाओ झिजुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

उनले बोकेको सुटकेश र हातोझोलामा स्कच ह्विस्कीको २ थान बट्टाभित्र लुकाई राखेको अवस्थामा ८० हजार ६ सय ४ यूएस डलर, २ हजार ९ सय २५ चाइनिज यान र ३४ हजार भारतीय रुपैयाँ तथा ८ प्याकेटमा रहेको १ सय ८६ थान रुद्राक्ष दाना, ४ थान रुद्राक्ष माला, २० थान माला, २२ थान हाते माला र ४२ थान खुल्ला दाना प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर तथा बरामद माला, रुद्राक्षका दाना आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप