चिप्लिएर नारायणीमा खसेका पुरुष मृत भेटिए
शनिबार, २० चैत २०७२, १८ : ४२
चितवन– चिप्लिएर नारायणी नदीमा खसेका एक पुरुष आज नदी किनारमा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज घटनास्थलभन्दा करिब ३/४ सय मिटर तल उनको शव फेला परेको हो ।
चितवनको भरतपुर–१० का २७ वर्षीय जीवन सापकोटा बिहीबार नदी किनारबाट चिप्लिएर नारायणीमा खसी बेपत्ता भएका थिए । तीन दिनपछि आज खोजीका क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीले खोजी गर्दा नभेटिएपछि कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली परिचालन गरेर उनको खोजी गरिएको थियो ।
उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण