शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खानेपानीको हाहाकार हुने तारुकामा अब ‘नो टेन्सन’

आइतबार, २१ चैत २०७२, २२ : २३
आइतबार, २१ चैत २०७२

तारुका (नुवाकोट)– जब सुख्खायाम सुरु हुन्छ, खानेपानीको हाहाकार हुन्छ नुवाकोटको तारुकामा । वर्षायाममा खासै समस्या नभएपनि सुख्खा याममा खानेपानीको अभाव हुने तारुकामा खानेपानीको सहज आपुर्तिको लागि सम्भाब्यता अध्ययन (सर्भे) सुरु गरिएको छ । बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्वमा स्थानीयबासी समेत रहेका राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारी, स्वीजट्जरल्याण्डका ब्रेनहार्ट हिल्लर र एल्डा हिल्लरको संयुक्त टोलीले शनिबार आयोजनाको सुरुवात गरे । खानेपानीको सम्भाब्यता अध्ययनसँगै निर्माण कार्य अगाडि बढाउनको लागि स्वीट्जरलैण्डबाटै आएको ईन्जिनियरहरुको एक बिशेष टोलीले उक्त कार्यको निर्माण अघि बढाउनेछ । करिब २ करोड रुपैयाँको लगानीमा उक्त खानेपानी आयोजनाको निर्माण सुरु हुने पक्का भएसँगै स्थानियहरुमा उत्साह छाएको छ । खानेपानी सर्भे सम्पन्न भएपछिको कार्यक्रममा बोल्दै बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी लम्सालले तारुकाले २० औ बर्षदेखी खानेपानीको समस्या झेल्दै आएकोमा अव खानेपानीको समस्या समाधान हुने विस्वास व्यक्त गरे । आफुले यस क्षेत्रमा भ्रमण गर्दा पानीको समस्यालाई नजिकबाट नियाल्न पाएको भन्दै लम्सालले अव तारुकाबासीको खानेपानीको जिम्मा आफ्नो प्रयासबाट हल हुने बताए । यस्तै नाटोजका अध्यक्ष तथा स्थानीयबासी शिव अधिकारीले लम्सालले खानेपानीको समस्या समाधानमा देखाएको अग्रसरताको लागि लम्साल प्रति तारुकाबासीको तर्फबाट आभार ब्यक्त गरे ।

यसका साथै खानेपानीको सर्भे भएसँगै तोरण बहादुर शाहिको नेतृत्वमा १७ सदस्यीय खानेपानी पुर्ननिर्माण कार्यसमिती समेत गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप