हत्या गरी फरार रहेका पाँचजना पक्राउ
भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका– १३ चित्तापोल कार्की गाउँका वर्ष ४७ को पुष्करराज कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत २० गते शनिबार राति सोही गाउँमा रहेको काचो इँटा बनाउने ठाउँमा कार्कीको हत्या गरी फरार रहेका पाँच जनालाई महानगरीय प्रहरी वृत्त जगातेबाट खटिएका प्रहरी टोलीले आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे सिपाली चिलाउने–२ का वर्ष १८ को वज्रसिंह लामा, सोही ठाउँका वर्ष १६ को मानबहादुर लामा, काभ्रे चापाखोरी–९ का वर्ष २१ को रामबहादुर लामा, रामेछाप हिलेदेवी गाविस–५ घर भई हाल सूर्यविनायक–१३ बस्ने वर्ष ३८ को बलबहादुर भन्ने युवराज लामा र काभ्रे चापाखोरी गाविस–९ वस्ने वर्ष २७ को कुमार लामा रहेका छन् ।
शनिबार साँझ कार्कीसँग भएको सामान्य विवादका कारण चारजनाले कुटपिट गरी कार्कीको हत्या गरी झ्याउलीमा भित्र लगेर राखेर फरार भएको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए।
पक्राउ परेकामध्ये कुमार लामा भने हत्यामा संलग्न नभए पनि घटना लुकाएर हत्यामा संलग्नलाई भगाएको अभियोगमा पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण