शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारततर्फ तस्करी भईरहेको ७ टयाक्टर बालुवा प्रहरीको नियन्त्रणमा

सोमबार, २२ चैत २०७२, १० : ५१
सोमबार, २२ चैत २०७२

वीरगन्ज – पर्साको ग्रामीण भेगका नाकाबाट व्यपाक मात्रामा गिट्टी र बालुवा भारत तर्फ तस्करी भइरहेको सूचना आएपछि प्रहरीले शनिबार राति भारत तर्फ जादै गरेकोे अवस्थामा पर्साको अमरपट्टीबाट सात टयाक्टर बालुवा नियन्त्रणमा लिएको छ । प्रहरीले तीन जना चालक र एक जना ट्रयाक्टर धनी गरि चार जनालाइ पक्राउ पनि गरेको छ । पर्साका खोलाबाट उत्खनन् गरिएका बालुवा टयाक्टरमा लोड गरेर भारत तर्फ तस्करी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले अमरपट्टी गाविसबाट गएराति बरामद गरेको हो । प्रहरीले ना ४ त ८८१७ , ना १ त २९५६ , ना ४ त ७३८९ , ना १ त ८४९३ , ना २ त ४७०६ , ना ३ त ४२८८ र ना २ त ६६६६ नम्बरको टयाक्टर सहितको बालुवा बरामद गरेको हो । यस्तै पक्राउ पर्ने चालकहरुमा पर्सा झौवागुठी ८ का चन्द्रिका साह, झौवागुठी ६ का भिम दास , भारत पुर्व चम्पारण फुवरीयाका उमेश राय र टयाक्टर धनी पर्सा अमरपटटी ६ का लालबिहारी चौरसीया रहेको प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । बरामद बालुवा सहितको टयाक्टर र पक्राउ परेका चारै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । यस्तै ईलाका प्रहरी कार्यालय पोखरीयाले पनि बालुुवा लोड गरिएको दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले पोखरीया नगरपालिका वडा नम्बर ७ बाट शनिबार राति बालुुवा लोड गरिएको ना २ त ८६१२ र अनटेष्ट ट्याक्टर नियन्त्रणमा लिएको हो । टेलरमा नम्बर नभएकोले दुवै ट्याक्टर नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक यम बहादुर गुरुङले बताए । ट्याक्टरलाई आवश्यक कारबाही लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा पठाईएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप