शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सञ्चार नीति महिला मैत्री हुनुपर्ने

सोमबार, २२ चैत २०७२, १३ : ५२
सोमबार, २२ चैत २०७२

धनगढी – अबको सञ्चार नीति महिला मैत्री हुनुपर्ने मिडिया एडभोकेसी गु्रपले आयोजना गरेको कार्याक्रमका सहभागिहरुले जोडदिएका छन् । गु्रपले सोमवार धनगढीमा सञ्चार नितिलाई व्यवस्थित र लैङगिक मैत्री बनाउनका लागी गरिएको कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड् दिएका हुन् । मिडियालाई व्यवस्थीत र मर्यादित बनाउन का लागी छुट्टै सञ्चार नितिको आवश्यक भएको र मिडिया प्रति आम नागरीकले सराकारत्मक सोच लिन सक्ने निति आवश्यकता रहेको उपस्थित पत्रकारहरुले सुझाब दिएका छन् । मिडियाप्रति आम नागरिक र पाठक वर्गहरुको समेत आकर्षण घट्दै गएको र सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीहरु पनि उचीत पारिश्रमीक नपाएर पलायन हुने क्रम बढेको सहभागिहरुले सुझाए । महिला पत्रकारहरुलाई मिडिया मा टिकाउन का लागी क्षेमता अभिवृदी तालिम र उचित पारिश्रमीक दिएर स्थापीत गराउन पर्ने अहिलेको आवश्यकता रहेको पत्रकार दिर्घ राज उपाध्याले बताए । डोटी डडेल्धुरा कञ्चनपुर कैलाली लगाएतका स्थानहरुबाट आएका सञ्चारकर्मीहरुको सुझाब संकलनपछि मिडिया एड्भोकेसी गु्रपका अध्यक्षय बविता बस्नेतले आफुहरु टिक्न र मिडियालाई टिकाउन सञ्चारकर्मीको लगनसिलता नै प्रमुख कुरा भएको बताइन् । अहिलेको परिबेशमा सञ्चार निति प्रभावकारीता नभएको कारण अहिलेको यो अबस्था सिर्जनाा भएको उल्लेख गदै अवको सञ्चार निति भने प्रवभाकारिता हुने विश्वास व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप