शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुनःनिर्माण प्रभावकारी बनाउन विज्ञ खटिए

सोमबार, २२ चैत २०७२, १४ : १३
सोमबार, २२ चैत २०७२
काठमाडौँ - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित १० जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन विज्ञ सदस्य खटाएको छ । जसअनुसार रसुवा, नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा डा चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा डा हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा डा विष्णुप्रसाद भण्डारीलाई आजदेखि खटाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । “निजी आवास पुनःनिर्माणको कामलाई थप प्रभावकारी बनाउन, जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग समन्वय र अन्तक्र्रियाका लागि विज्ञ सदस्य खटाइएको हो” – उनले भने । प्राधिकरणले आइतबार आठ जिल्लाका एक÷एक गाविसमा अनुदान पाउने लाभग्राहीको सूची सार्वजनिक गरेको थियो । सूची सार्वजनिक गरिएका आठ गाविसमा आजदेखि अनुदान सम्झौताको प्रक्रिया सुरु हुने भनिएकामा विशेष कारणले चैत २८ गते आइतबारबाट मात्र प्रक्रिया सुरु गरिने प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप