शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नियमलाई बेवास्ता गर्दै पर्वतमा मापदण्ड विपरीत घर

सोमबार, २२ चैत २०७२, १४ : २०
सोमबार, २२ चैत २०७२

पर्वत -   सरकारले संरचना निर्माणमा कडाइ गरे पनि सदरमुकाम कुस्माबजारमा भने संरचना मापदण्ड विपरीत बनिरहेका छन् ।

मापदण्ड विपरीत संरचना बनिरहे पनि त्यसको नियमन गर्ने कुस्मा नगरपालिकाले कडाइ गर्न सकिरहेको छैन । संरचना निर्माणको क्रममा मापदण्डको बेवास्ता गर्ने गरेको पाइएको छ । घर निर्माण गर्दा जगदेखि पिल्लर र गारो भूकम्प प्रतिरोधी हुनुपर्ने भए मापदण्ड विपरीत निर्माण भइरहेका छन् ।

भूकम्प गएको एक वर्ष बित्न नपाउँदै सर्वसाधारणले पाँच तलासम्मका घर निर्माण गरिरहँदा सरकारी निकायबाट त्यसको नियमन हुन सकिरहेको छैन । घर बनाउँदा अपनाउनुपर्ने न्यूनतम सर्तको समेत गरिएको छैन ।

“नक्सा मापदण्ड अनुरुप बनाए पनि संरचना निर्माण नक्साअनुसार बनिरहेका छैनन्” इन्जिनियर मञ्जु शिलाकारले भने। सम्बन्धित निकायले कडाइ नगरेसम्म संरचना अझै कमजोर निर्माण भइरहने उनको भनाइ छ ।

कुस्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेल घरधनीलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सुझाव दिँदै आएको बताउँछन् । भूकम्प प्रतिरोधी संरचना निर्माणमा कामदार समेत दक्ष छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप