खानेपानीको अभाव हटाउन उपत्यकामा ४० वटा गहिरो ट्युबवेल बन्दै
काठमाडौँ - उपत्यकामा खानेपानीको अभाव हटाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दैनिक चार करोड लिटर पानी उत्पादन गर्ने गरी ४० वटा गहिरो ट्युबवेल खन्न सुरु गरेको छ ।
सुख्खायामको आरम्भसँगै उपत्यकामा खानेपानीको अभाव हुन थालेपछि जमिनभन्दा २५० मिटर तलबाट ट्युबवेल खन्न सुरु गरिएको लिमिटेडका प्रवक्ता मिलनकुमार शाक्यले राससलाई जानकारी दिए ।
“उपत्यकामा दैनिक ३७ करोड लिटर पानीको माग भएकामा सुख्खायाममा नौ करोड लिटर र वर्षात्मा १५ करोड लिटर पानीमात्र उत्पादन हुन सकेको छ, उपत्यकाका विभिन्न भागमा आठ दिनदेखि १३ दिनको फरकमा मात्र पानी वितरण गर्न सकिएको छ, यो समस्याबाट समाधानका लागि गहिरो ट्युबवेल खन्न सुरु गरिएको हो” – उनले भने ।
उपत्यकामा वितरण गरिएको खानेपानीको पाइपलाइन १०० वर्ष पुरानोसम्म भएकाले उपत्यकामा ४० प्रतिशत पानी खेर गएको पनि लिमिटेडले जनाएको छ । लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरिरहेका ४० वटा ट्युबवेलमध्ये १५ वटा पूर्ण रुपमा, पाँचवटा आंशिक रुपमा सम्पन्न भएको, १० वटा निर्माणीधन अवस्थामा र १० वटामा जग्गा विवादका कारण काम अघि बढ्न नसकेको प्रमुख तिरेशकुमार खत्रीले जानकारी दिए ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराएको जग्गामा ट्युबवेल खन्दा पानीको स्रोत सुक्ने भन्दै स्थानीयवासीले विरोध गरेपछि १० वटामा काम हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण