काठमाडौँमा सात हजार सौर्य बत्ती राखिने
सोमबार, २२ चैत २०७२, १६ : ४९
काठमाडौँ - रु ९५ करोडको लगानीमा काठमाडौँ महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो ।
निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार आएका सबै निवेदन महानगरपालिकाले मन्त्रालयमा पढाइसकेको र केही समयमा नै काम सुरु हुनेछ ।
सुरुको समयमा बत्ती जडानका लागि निवेदन नआए पनि पछिल्लो समय बत्ती जडान गर्नका लागि उल्लेख्य मात्रामा निवेदन आएकोे महानगरको भनाइ रहेको छ । चैत महिनाको पहिलो सातामै म्याद सकिएको भए पनि निवेदन आउने क्रम जारी रहेको छ ।
आएका निवेदनमध्ये सबैभन्दा बढी वडा नं ६ को छ ।
सौर्य बत्ती जडान गर्न उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्नुपर्छ ।
प्रमुख रेग्मीका अनुसार खम्बासहित एउटा सौर्य बत्ती जडान गर्न रु एक लाखसम्म लाग्छ । अठारौँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका समयमा नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली र पुरानो बसपार्कलगायत स्थानमा सौर्य सडक बत्ती जडान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण