विश्वकप टी–२० को उपाधि जित्ने वेस्ट इन्डिजसँग प्रतियोगिता अघिसम्म जर्सी पनि थिएन
काठमाडौं – इंग्ल्याण्ड स्तब्ध बनाएर विश्वकप टी–२० को उपाधि जितेको वेस्ट इन्डिज प्रतियोगिता शुरु हुनुभन्दा अघिसम्म भाग लिने नलिने टुंगो थिएन । वेस्ट इन्डिजको क्रिकेट बोर्डसँगको विवादका कारण क्रिकेट टोलीले निकै दुःख भोग्नु परेको थियो । प्रतियोगिता अघिसम्म टोलीसँग जर्सीसम्म थिएन भने खेलाडीहरुलाई ‘दिमाग नभएको’ सम्म भ्याइएको थियो । प्रतियोगितापछि उनीहरु फेरि वेस्ट इन्डिजका लागि खेल्न पाउँछन् या पाउँदैनन् भन्ने समेत टुंगो थिएन । भनिन्छ, दुःखले मानिसलाई तिर्खाछ । सायद, त्यही भएर प्रतियोगिताको दाबेदारको रुपमा समेत नहरेरिएको यस टोलीले इतिहास रच्यो । जीतपछि प्रतिक्रिया दिँदा कप्तान ड्यारेन स्यामी निकै भावुक भएका थिए । जब लाखौं दर्शकहरुले विश्वभर टिभीमा आँखा गडाएर फाइनल हेरिरहेका थिए । त्यहीँ उनले वेस्ट इन्डिजका खेलाडीहरुले भोगिरहेको समस्याको खुलासा गरे । उनको निशानामा वेस्ट इन्डिजको क्रिकेट बोर्ड थियो । ‘जब हामी यहाँ खेल्न आयौं । हामीसँग जर्सी पनि थिएन,’ उनले भने, ‘जब यो प्रतियोगिता शुरु भयो, खेलाडी र बोर्डबीचको समस्या सुल्झिएको थिएन ।’
‘प्रतियोगिताको ठीक अघि मात्र हामीले म्यानेजरको रुपमा रल लेविस पायौं । हामीसँग जर्सी थिएन । उनले यहाँ आएर कोलकाता पुगेर जर्सी प्रिन्ट गराएर ल्याए,’ उनले थपे, ‘हामीलाई दिमाग नभएको खेलाडी समेत भनियो तर हामीले सबैभन्दा धेरै दिमाग भएको इंग्ल्याण्डको टोलीलाई हरायौं ।’
उनको भावुकताबाट स्पष्ट हुन्थ्यो, टोलीले निकै हण्डर खाएको थियो । प्रतियोगिता अघिसम्म औसत टोली मानिएको वेस्ट इन्डिज टोलीमा सायद त्यही कुराको इख थियो । त्यही भएर इंग्ल्याण्डलाई पराजित गर्दै क्यारेबियन टोलीले दोस्रो पटक उपाधि उचाल्यो । कुनै पनि टोलीले अहिलेसम्म दुई पटक यो उपाधि हात पार्न सकेको थिएन । यसअघि सन् २०१२ मा वेस्ट इन्डिज श्रीलंकालाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण