शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लेस्टरका स्टार भार्डीकी एक वर्षीय छोरीलाई बलात्कार गर्ने युनाइटेडका समर्थकको चेतावनी

सोमबार, २२ चैत २०७२, १९ : ०१
सोमबार, २२ चैत २०७२

लण्डन – लेस्टर सिटी तथा इंग्ल्याण्डका स्टार जेमी भार्डीले समाजिक सञ्जालमा आफ्नो छोरीमाथि अश्लिल प्रतिक्रिया देखाउने प्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार साउथह्याम्पटनमाथिको जितपछि भार्डीकी मंगेतर बेकी निकोल्सनले उनीहरुको एक वर्षीया छोरी सोफियाको दुई वटा तस्विर पोष्ट गरेकी थिइन् । तर, त्यसमा प्रतिक्रिया भने निकै अश्लिल आएपछि भार्डीले त्यस्ता प्रतिक्रिया जनाउनेहरुको तस्विर र प्रतिक्रियासहित आफ्नो ट्वीटरमा पोष्ट गरेका थिए । उनीहरुको प्रतिक्रिया यति भद्दा थिए, त्यसलाई समाचार पोस्ट पनि गर्न मिल्दैन । आफूलाई म्यान्चेस्टर युनाइटेडका समर्थक बताउने उनीहरुले १ वर्षीया छोरीमाथि निकै अश्लिल शब्द प्रयोग गर्दै बलात्कार सम्मको धम्की दिएका छन् । भार्डीले सामाजिक सञ्जालमा उनीहरुको बारेमा पोष्ट गरेपछि ती एकाउण्ट अहिले बन्द गरिएको छ । प्रहरीले यस विषयमा आफूलाई जानकारी प्राप्त भए हालसम्म पनि कुनै उजुरी नपरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप