फ्रान्समा सेक्सका लागि पैसा तिर्न अपराध, यौनकर्मीहरुको विरोध
पेरिस – फ्रान्सका सांसद्हरुले नयाँ विधेयक पास गरेका छन् जसले सेक्सका लागि पैसा तिर्नलाई गैरकानुनी बनाएको छ । विधेयक पास भएपछि अब यस्तो कार्य गर्नेले ५ लाख नेपाली रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । साथै, यौनकर्मीहरुको अवस्थाको बारेमा कक्षासमेत लिनुपर्नेछ । पहिलो पटकमा १,५०० युरो जरिवाना तोकिएको छ भने दोस्रो पटकमा उक्त रकम दोब्बर हुँदै जाने बताइएको छ । दुईवटा सदनमा देखिएको मतभिन्नताको कारण यो विवादीत विधेयक पास गर्न दुई वर्षभन्दा बढी लागेको थियो । विधेयकबारे छलफल भइरहँदा यौनकर्मीहरुले भने यसको विरोध गरेका थिए । संसद् भवनबाहिर उनीहरु प्लेकार्ड सहित विरोधमा उत्रिएको एएफपीले जनाएको छ । यौनकर्मीहरुको संगठनले नयाँ विधेयकसँगै ३० हजारदेखि ४० हजार यौनकर्मीको जिविकामा प्रत्यक्ष असर पुर्याउने बताएका छन् । यद्यपि, विधेयकका समर्थकहरुले भने तस्करीको सञ्जाललाई ध्वस्त पार्न संघर्ष गरिरहने बताएका छन् । ‘यो कानुनको सबैभन्दा मुख्य पक्ष भनेको यसले यौनकर्मीहरुलाई परिचय पत्र दिने छ । हामीलाई थाहा छ यहाँका ८५ प्रतिशत यौनकर्मीहरु तस्करीबाट पिडित छन्,’ सोसियालिस्ट पार्टीका संसद मउड ओलिभरले एपीसँग कुरा गर्दै भनेका छन् । फ्रान्सको ले मोन्डे पत्रिकाका अनुसार यस विधेयकको पक्षमा ६४ र विपक्षमा १२ सांसद्ले मतदान गरेका थिए भने ११ जना गयल थिए । यो कानुन पहिलो स्वीडेनमा लागु गरिएको थियो । कानुन लागु भएपछि स्टोकहोममा यौनकर्मीको संख्यामा कमी आएको स्वीडिस अधिकारहीहरुको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण