शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रवेशिका परीक्षाको अनुगमनमा होडबाजी

बिहीबार, २५ चैत २०७२, १६ : ५७
बिहीबार, २५ चैत २०७२

दाङ–प्रवेशिका परीक्षाको विहिबार सातौं दिन ऐच्छिक प्रथम अन्र्तगत ओ.पि.टी र अर्थशास्त्र विषयको परीक्षा चलिरहेको थियो । तुलसिपुर–११ स्थित उच्चमावि अश्वारामा परीक्षा सुरु भएको ५ मिनेट पछि बा१झ८९३४ नम्बरको गाडिमा दाङका स्थानिय विकास अधिकारी रमेश गौतम आफना केहि कर्मचारीका साथमा त्यहाँ पुगे । परीक्षा संचालन भएका सबै कोठामा चिह्याएर १०÷१५ मिनेट पछि उनि त्यहाँबाट अन्यत्र हिडे । त्यसको १५÷२० मिनेट नवित्दै शैक्षीक तालीमकेन्द्र तुलसीपुरका प्रमुख धनबहादुर वली, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाइ र प्रहरी जवानको साथमा पुगे ।

उनीहरुलाई पनि उच्चमावि अस्वाराका केन्द्राध्यक्ष हिरालाल न्यौपानेले परीक्षा चलीरहेका सबै कोठामा लगेर देखाए । यो त उटा उदाहरणमात्र हो । दाङका अधिकांस परीक्षा केन्द्रमा परीक्षा चलीरहेका बेला परीक्षाको निरीक्षण अनुगमन गर्नेहरुको होडबाजी नै चलेको छ । सहायक सिडियो देखि सिडियो सम्म, स्रोत व्यक्ति देखि जिशियो सम्म, प्रहरी साह्यक निरीक्षक देखि डिएसपी सम्म, कर्मचारी देखि एलडियो सम्म, अधिकांसले दोहरीने गरि ४२ वटा परीक्षा केन्द्रमा पुगेर अनुगमण गर्ने पालो पु¥याए । अनुगमन कर्ताले डिस्टर्व गरेः परीक्षार्थी अनुगमनकर्ताले भत्ता सहितको आफ्नो घुम्ने पालो पु¥याएर दायित्व पुरा गरे पनि परीक्षार्थी र अभिभावकले यसलाई उत्ताउलोपन भनेका छन् । नर्सरी देखि कक्षा दश सम्म १०÷११ बर्षको दौरानमा कहिल्यै अनुहार नदेखेका मान्छेहरु घरीघरी परीक्षा चलीरहेका बेला कोठाभित्र पस्दा परीक्षार्थीले डिस्टर्व भएको बताएका छन् । एकोहोरोरुपमा परीक्षामा बसेर विषय अनुसारको उत्तरपुस्तिकामा उत्तर लेखिरहेका बेला अनुगमनका नाममा गएका नचिनेका मान्छेहरुले सोधपुछ गर्ने, उठाउने , चेकजाँच गर्ने लगायतका कामले परीक्षालाई मर्यादित र शान्त पार्नु भन्दा पनि अमर्यादित काम गर्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । विशिष्टि व्यक्ति भन्नेहरु हुलबाँधेर जाने गरेको उनिहरुले बताए । ‘परीक्षा दिइरहेका हुन्छौ एक दमै ठूलो मान्छे बनेर आएका अनुगमन कर्ताहरु के छ नानी यहाँ, भनेर कापी पल्टाउने , प्रवेश पत्र हेर्ने र अलमल्याउने काम गर्छन्’, गुरुजजर उमाविमा परीक्षा दिएर फर्किदै गरेकी छात्रा समिक्षा केसीले भनिन् ।

यता अभिभावकहरुले अनुगमनको शैलीले परीक्षालाई मर्यादित नबनाउने बताएका छन् । बर्षदिनको पढाईमा एक पटक पनि कक्षा नकुच्ने व्यक्तिहरु परीक्षामा सुटेटबुटेट भएर जानु राम्रो काम नभएको नरबहादुर डाँगीले बताए ।

यता जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले परीक्षा शान्तिपूर्ण र मर्यादित तवरले संचालन गर्न अनुगमण गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप