बिपीले भाषण गरेको क्लबको बेहाल
विराटनगर– एक समय विराटनगरको ‘एलिट क्लब’मा भाषण गर्नु चर्चाको विषय बन्थ्यो । बिपी कोइरालाले २०१५ सालको आम निर्वाचनपछि एलिट आएर आफ्नो विचार राखेका थिए । नेताहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, भारतमोहन अधिकारीलगायतले यहाँ गरेको भाषण चर्चित भएको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, डा.बाबुराम भट्टराईलगायतका नेताले पनि भाषणको लागि क्लव रोजेका थिए । क्लबका संस्थापक तोरेन्द्रमान सिंह प्रधानका अनुसार क्लबमा भाषण गर्नेले गर्व महसुस गर्थे । त्यहाँ बोल्न चाइनिज राजदूतसमेत पुगेका थिए । तर अहिले उक्त ऐतिहासिक क्लब योजना र बजेटविहीन भएकाले सुनसान र जीर्ण बनेको छ । समय अनकूल परिवर्तन हुन र कार्यक्रम निर्माण गर्न नसक्दा क्लब सुनसान भएको संस्थापकसमेत रहेका पूर्वमन्त्री राधाप्रसाद घिमिरेले बताए । क्लबको ६ कट्ठा जमिन छ, पुरानो भए पनि भवन छ । तर बर्षगाँठमा भोज आयोजना गर्ने र केही औपचारिक शैलीका कार्यक्रम गर्नेबाहेक अरू काम हुन सकेको छैन । दश कार्यसमितिले कार्यकाल गुजारिसकेको क्लबमा अहिले ५२ सदस्य छन् । जसमा नेताहरू महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइरालादेखि बुद्धिजिवी दुर्गा सुवेदी, प्रधानन्यायधिश शुसिला कार्की, अधिकारकर्मी कृष्ण पहाडीसमेत छन् । त्यसैले चाहने हो भने क्लबको स्तरोन्नती गर्न सकिने संस्थापक घिमिरे बताउँछन् । त्यसका लागि २५ करोड बजेट चाहिने उनले बताए । बजेट उपलब्ध भए आधुनिक गेस्टहाउससहितको भवन तयार गर्न सकिने र विश्वका प्रसिद्ध जर्नल, पत्रिका उपलब्ध हुने पुस्तकालय बनाएर अनुसन्धान गर्न र देशका राष्ट्रिय समस्यामा बहस चलाउन सकिने योजना पनि छ । नेपालका चर्चित व्यक्तित्वले भाषण गरेको हुनाले उनीहरूबाटसमेत क्लबले लाभ लिन सक्नुपर्ने उनको भनाइ छ । ‘त्यो हुन सके क्लब संचालनको स्रोत आफैं जुटाउन सक्ने दावी उनको छ । ‘क्लबलाई आधुनिकीकरण गरिसकेपछि विश्वका बौद्धिक व्यक्तित्वलाई बोलाएर छलफल गराउन सकिने र पूर्व क्षेत्रमै रहेका प्राकृतिक रमणीय स्थलहरू हिले, वसन्तपुर घुमाएर पर्यटनको प्रचारप्रसार सकिन्छ । त्यस्तै क्लबका अनुसन्धान समेटेर जर्नल निकाल्ने योजना पनि छ ।’, घिमिरेले भने । त्यसो गर्न सके स्विट्जरल्याण्डको डाबोस क्लबजस्तै हुने र राष्ट्रिय स्तरकै एउटा बौद्धिक फोरम बन्ने विश्वास उनले व्यक्त गरे । क्लब २०१५ साल वैशाख १ गते विराटनगरका खुला विचार राख्ने बौद्धिकहरूले औपचारिक रुपले जनही ५ रुपैयाँ उठाएर स्थापना गरेका थिए । क्लब स्थापनामा घिमिरेका साथै गोपालप्रसाद शर्मा, जगतमोहन अधिकारी, टेकचन्द्र पोखरेल, नारायणप्रसाद अर्याल, शत्रुधनप्रसाद उपाध्याय, शैलेन्द्रकुमार उपाध्याय, डा. भिमकृष्ण श्रेष्ठ, तोरेन्द्रमान सिंह प्रधान, शिवप्रसाद रिजाललगायतको सक्रिय सहभागिता थियो । त्यसबेला क्लबलाई ‘ब्रेन स्ट्रोमिङ सेन्टर’ मानिन्थ्यो । बेला–बेला बौद्धिक विचार¬–विमर्श चलिरहन्थ्यो । पञ्चायती व्यवस्थाका बेला पनि क्लब निष्क्रिय बनेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण