आगलागीले घरगोठ जलेर ध्वस्त
बिहीबार, २५ चैत २०७२, १७ : ३६
नेपालगन्ज– बाँके जिल्ला खासकुश्मा गाविस कुसुम गाउँमा आज दिउँसो आगलागी हुँदा एक दर्जनभन्दा बढी घरगोठ जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीयवासी जोगबहादुर पुनको घरबाट फैलिएको आगोले नजिकै रहेका अन्य घर पनि जलेका छन् ।
आगलागीबाट धनबहादुर पुन, महेश बानियाँ, दण्डप्रसाद घर्ती, सूर्यबहादुर बुढाथोकी, पूर्णबहादुर घर्तीको घरगोठ जलेर ध्वस्त भएको छ ।
आगलागीबाट अन्नपात, भाँडाबर्तन जलेर नष्ट भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घटनास्थल सदरमुकाम नेपालगन्जबाट करिब ८० किमी उत्तरमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण