शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सालनालसहितको शिशु भेटियो

बिहीबार, २५ चैत २०७२, १७ : ४०
बिहीबार, २५ चैत २०७२

दोलखा– दोलखाको भीमेश्वर नगरपालिका वडा नं १० को टाङ्नागी भन्ने जङ्गलमा सालनालसहितको बेबारिसे शिशु भेटिएको छ ।

सदरमुकाम चरिकोटको भ्यूटावरको तल्लो भागको जङ्गलमा लुगाले बेरेर फालिएको र झिँगा भन्किरहेको अवस्थामा स्थानीयवासीले शिशु भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि सो स्थानमा पुगेको प्रहरीले शिशुको जीवितै उद्धार गरेको छ ।

शिशुको अवस्था ठीक रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा अमेन्द्र कुसबाहले बताए । उनका अनुसार शिशुलाई टाढाबाट फालेका कारण शरीरमा सामान्य चोट लागेको देखिन्छ ।

शिशु जन्मनेबित्तिकै बुधबार नै फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप