शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अभियुक्त धरौटीमा छुटेपछि पीडितपक्षले सरकारी वकिल गुहारे

बिहीबार, २५ चैत २०७२, १८ : २०
बिहीबार, २५ चैत २०७२

परासी–इट्टा भट्टामा दलित युवकलाई जलाई मार्ने अभियुक्तहरु धरौटीमा छुटेपछि पिडित परिवारले सो आदेशको पुनरावलोकन गर्न सरकारी वकिललाई गुहारेका छन् । फितलो प्रहरी अनुसन्धानका कारण अभियोजित मुद्दा कमजोर भएको जनाउँदै उनीहरुले अदालतको १७ नम्बर बमोजिम पुनरावेदन अदालतमा जानका लागि अनुरोध गरेका हुन् ।

चार साता पहिला जिल्लाको जहदा–१ का बलराम मुसहरलाई बडहरा दुबौलिया–७ स्थित युविआई इट्टा भट्ठामा जलाएर मार्ने प्रयास गरिएपछि उद्योग व्यवस्थापन विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएकी युवककी दिदी शुसिला मुसहरले जाहेरी दिइएकी थिइन् । प्रहरीले काठमाडौंमा उपचार गराउदै आएको भाईबाट आफू खुशी कागज लेखेर सही छाप गराउन लगाइ मुद्दामा प्रमाण कमजोर बनाउदा अभियुक्त धरौटीमा छुटेको उनको गुनासो छ । भाई पुरै सन्चो भएको छैन्, उसलाई बयान लिन अहिले अदालतमा समेत बोलाइएको छैन्,उनले गुनासो गरिन्, जलाएर मार्न आदेश दिइने उद्योगका मालिक प्रमोद शाह अहिले घुमफिर गर्दै आएका छन् । प्रहरीले पक्राउ गरेको छैन् ।

शाहको दाई विनोद हामी पिडितको घरमा आउने र के गर्न सक्छौ,प्रहरी र अदालत समेत मिलाई सकेको छु भन्ने गरेका छन् । तिमिहरु मिलेको भए केही पैसा पाउन सक्थ्यौ,भन्दै धम्काउदै उनले त्यही पैसा प्रहरी,वकिल र अदालतमा खर्च गरेर भाईलाई पनि छुटाउछु केही गर्न सक्दैनौ भन्ने गरेको सरकारी वकिल भेट्न परासी आएकी शसिलाले सुनाईन् । पैताला जलेका कारण अहिले पनि भाई हिलडुल गर्न सकेको छैन्,युनिभर्सल मेडिकल कलेज भैरहवाले एका तिर उपचार गर्न काठमाडौं रिफर गर्ने र आर्को तिर समान्य जलेको मेडिकल रिपोट प्रहरीलाई दिइएको छ ।

प्रहरीले कान्तिपुर हस्पिटल काठमाडौ मै पुगेर कुरुवा बस्ने मेरो श्रीमान(पति) अनपढ सुकइ र भाई बलरामसंग आर्कै कुरा भनेर फरक लेखिएको लिखित बयान कागजमा सही गराएको उनको अरोप छ । अस्पतालमा कागज गराइए पनि कुन स्थानमा कागज गराइएको बयान मुचुल्कामा उल्लेख छैन् । सो घटनाको अनुसन्धान गर्न प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुवास गैरे तोकिएका थिए । जाहेरवालाको रक्षक प्रहरीले नै यस्तो गर्ला भनेर लागेको थिएन्,उनले दुखेसो पोखिन्, रक्षक नै भक्षक बन्न खोजे कसरी न्याय पाइएला,लागेको छ । तर पनि हरेस खाएको छैन् ।

आफु पनि भट्ठा मजदुर नै भएको हुदा यो लडाई भट्ठामा शोषण हुने मजदुर र मालिकको भएको हुदा जति धम्कि आए पनि मजदुरको पक्षधर भै न्यायका लागि हरेक निकायमा जाने शुसिलाले बताईन् । न्याय पाउने निकायले साच्चै न्याय गर्छ कि पैसाले न्याय बेच्ने गर्छ, त्यस प्रति उनको गुनासो थियो । पैसावालाले न्यायलाई आफ्नो पक्षमा पार्न प्रमाण मेटाउनमा लागेका छन् । तर म आफ्ना बेदना सुनाउदै हिड्छु,अब न्यायालय प्रमाण मात्रै हेर्छ कि न्याय पनि गर्छ, त्यो कुरा पनि अनुभव हुने उनको भनाई छ ।

जाहेरी फिर्ता लिन र बयान फेर्नका लागि धम्कि र प्रलोभन दिदै आफु माथि केही अपरिचित व्यक्ति घरमा आउने र दवाव दिइने हुँदा दुई साता पहिला पिडितले शान्ति शुरक्षाको माग गर्दै प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको थिईन् । इटा उद्योग संघले विभिन्न व्यक्तिलाई लगाएर भट्ठा मालिक प्रमोद शाहलाई जोगाउनका लागि बयान फेर्न दवाव दिलाउँदै आएको थियो । पिडित पक्षले नमाने पछि पिडक पक्ष जोगिनका लागि प्रमाण बनाउन तिर लागे छन् ।

मुसहरकी दिदी शुसिलाले ७ जनाको किटानी जाहेरी दिइएको मध्ये प्रहरी नियन्त्रणमा रहेका मुन्सि भगवती यादव र इन्द्रदेव छुटेका छन् । थुनछेकको बहस पछि जनही ५५ हजार धरौटीमा अदालतको ४ नम्बर इजलासले छाड्ने आदेश गरे पछि उनिहरु हिरासत मुक्त भएका छन् । फरार रहेका मालिक शाह सहित बाकी ५ जना अभियुक्तलाई अदालतमा हाजिर गराउने र धरौटीमा नै छुटाउने चाजो पाजोमा पिडक लागेको पिडित पक्षको भनाई छ । पिडितको माग जायज नै भएको हुदा सरकारी वकिल कार्यालयले १७ नम्बर जानु आवश्यक रहेको अधिवक्ता मनोज हरिजनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप