सुदूर पश्चिमाञ्चल क्षेत्र भ्रमण सम्पन्न गरी प्रहरी महानिरीक्षक अर्याल काठमाडौं फिर्ता
काठमाडौं– कार्यस्थलमा नै पुगेर प्रहरीका समस्याहरूको स्थलगत जानकारी तथा सम्बोधन गर्ने उद्देश्यकासाथ चैत्र २० गतेबाट सुदूर पश्चिमाञ्चल क्षेत्र मातहतका प्रहरी इकाईहरुको निरीक्षण भ्रमणमा रहेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ६ दिने भ्रमण पुरा गरी बिहिबार काठमाडौं फर्किएका छन् ।
निरीक्षण भ्रमणको सिलसिलामा प्रहरी महानिरीक्षक अर्यालले क्षेत्रीय प्रहरी कार्यालय दिपायल, सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल, जिल्ला प्रहरी कार्यालयहरु बैतडी, डडेलधुरा, अछाम, डोटी र कैलाली, सशस्त्र प्रहरी गण मुख्यालय धनगढी, प्रहरी प्रशिक्षणस्थल बुडर डोटी, ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुको समेत निरीक्षण गरेका थिए ।
निरीक्षण भ्रमणकै क्रममा उनले शान्ति तथा पुनः निर्माण मन्त्रालय, शान्ति कोषको २ करोड १० लाख ७० हजार ३ सय ५४ रुपैयाँको लागतमा सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवनको उदघाटनसमेत गरेका थिए ।
निरीक्षण गरिएका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रहरी महानिरीक्षक अर्यालले प्रहरी व्यवहार र आचरणमा सुधार ल्याई संगठनको छवि उच्च राख्नु सबै प्रहरी कर्मचारीको दायित्व भएकोले आमनागरिकहरुसँग गरिने प्रहरीको व्यवहार नम्र, शिष्ट र मर्यादित हुनुपर्ने बताएका थिए । निर्देशनकै क्रममा उहाँले राष्ट्र र नागरिकको सेवा गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गर्न तथा सफल अपराध अनुसन्धानको लागि नेपाल प्रहरी सदैव जुटिरहने बताएका थिए ।
प्रहरी महानिरीक्षक अर्यालले मुस्कानसहितको प्रहरी सेवाको अवधारणा लागू गर्दै सेवाग्राहीसँग नम्र र सभ्य व्यवहार गरी छिटोछरितो सेवा प्रदान गर्नुपर्नेमा विषेश जोड दिएका थिए । आफ्नो आचरण व्यवहारमा सुधार गर्न, नागरिक अपेक्षाको पहिचान र नवीन सोच अनि शैलीकासाथ सेवा प्रवाह गर्न समस्त प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिएका थिए ।
साथै प्रहरी महानिरीक्षक अर्यालले प्रहरी कर्मचारीहरुले दर्जा अनुसारको कर्तव्य बुझेर प्रहरी सेवालाई अझै व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए । नागरिकमैत्री सेवा, भ्रष्ट्राचारमा शुन्य शहनशीलता र निष्पक्ष सेवाभाव भएमा मात्र प्रहरीले आलोचना खेप्नु नपर्ने चर्चा गर्दै उनले आमनागरिकको अपेक्षा पुरा गर्ने गरी मन, बचन र कर्मले दायित्व पुरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
साथै स्थानीयवासीहरूसँग भेटघाट गरी उनीहरुको जिज्ञासाको जवाफ दिँदै प्रहरी महानिरीक्षक अर्यालले चाहे त्यो कुनै परिवेश र भूगोलका नागरिक हुन, शान्ति सुरक्षाको विषयमा कुनै मुलुक र परिवेशका नागरिकले कदापि पनि सम्झौता गर्न सक्दैनन् र नेपाल प्रहरी नागरिक समुदायको त्यो अपरिहार्य आवश्यकता परिपूर्तिका लागि प्रतिबद्ध रहेको बताएका थिए ।
निरीक्षण भ्रमणको क्रममा प्रहरी महानिरीक्षक अर्यालले क्षेत्रीय तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँग समेत शान्ति सुरक्षाका बारेमा छलफल गरेका थिए । उनले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीबी, समाजसेवी, भद्रभलादमी, नागरिक समाज, महिला सञ्जाल, महिला अधिकारकर्मी, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग भेटघाट गरी अन्तरक्रिया एवं छलफलसमेत गरेका थिए ।
निरीक्षण भ्रमण पुरा गरी काठमाडौं फर्कनेक्रममा बिहिबार बिहान प्रहरी महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय कैलाली तथा सशस्त्र प्रहरी गण मुख्यालय धनगढीको निरीक्षण पश्चात कैलाली तथा कञ्चनपुर जिल्लाका प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिएका थिए । भ्रमण टोलीमा प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रसाद साउद र सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक बिजयकुमार भट्टसमेतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण