शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एकता विकास बैंकको सल्यानमा एकैदिन दुई शाखा

बिहीबार, २५ चैत २०७२, १८ : ५६
बिहीबार, २५ चैत २०७२

काठमाडौं–ग्रामिण वित्तियकरणलाई प्राथमिकता दिँदै, एकता विकास बैंक लिमिटेडले आफ्नो तेह्रौं शाखा सल्यानको श्रीनगर तथा चौधौं शाखा सल्यानकै थारमारेमा सञ्चालनमा ल्याएको छ । विहिबार बैंकद्धारा आयोजित एक कार्यक्रममा श्रीनगर शाखाको सुभारम्भ बैंकका अध्यक्ष डा. ध्रुव प्रसाद ढकाल र उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष सुदन श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

साथै थारमारे शाखा कार्यालयको समुद्घाटन संविधानसभाका सदस्य माननिय श्री टेक बहादुर बस्नेत तथा प्रमुख जिल्ला अधिकारी श्री गोविन्द रिजालले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्याक्रममा स्थानिय जनसमुदाय, सरकारी निकायका प्रतिनिधि, बुद्धिजिवि, भद्रलाद्मी, वभिन्न पेशाकर्मी, विद्यार्थी लगायत करिब ५०० जनाको उपस्थितीे थियो ।

हाल सम्म वित्तिय पहुँच नपुगेको सल्यानको थारमारेमा स्थानियले बैंकको शाखा खुल्नुलाई अत्यन्तै महत्वपुर्ण कदमको रुपमा लिदै शाखा सञ्चालनका लागि पुगेका बैंकका संचालक, उच्च पदस्थ कर्मचारी तथा स्थानिय निकायका प्रमुखहरुलाई स्थानिय वासिन्दाले स्वागत गरि स्थानिय सोरठी नाच प्रस्तुत गरेका थिए  ।

२०६८ कार्तिक ७ गतेवाट कारोवार आरम्भ गरेको बैंकको अधिकृत पूंजी ४० करोड र चुक्ता पूंजी २२ करोड ७७ लाख रहेको छ । केन्द्रिय कार्यालय बुटवलसहित, रुपन्देहीको देविनगर, केरवानी र भैरहवा तथा कपिलवस्तुको पिपरा, बनगाई, चन्द्रौटा र महाराजगञ्ज दाङ्गको घोराही र तुलसीपुर , प्युठानको विजुवार तथा सुर्खेतको बिरेन्द्रनगरमा यस अघिनै शाखा सञ्चालनमा ल्याइसकेको बैकले सल्यानमा दुई शाखा सहित १४ स्थानवाट सेवा प्रदान गरिरहेको र ३५ हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले कार्यक्रममा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप