शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एसएलआरको गोलीसहित एयरपोर्टबाट पक्राउ

बिहीबार, २५ चैत २०७२, १९ : ४६
बिहीबार, २५ चैत २०७२

काठमाडौँ– नेपाल एयरलाइन्सको उडान हुँदै काठमाडौँबाट हङ्कङ जान लागेका नेपाली मुलका ब्रिटिस नागरिक अभिषेक लिम्बू गोली र खोकासहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

राहदानी नम्बर ५१२९९९०४३ रहेका लिम्बूले सुटकेशमा लुकाई लैजान लागेको एसएलआरको बुलेटजस्तो स्टिल रङको बुलेट बेल्ट राउन्ड ६१ थान र एक थान खोकासहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप