शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वर्तमान सरकारले नै चुनाव गराउँछ : सचिव ज्ञवाली

बिहीबार, २५ चैत २०७२, १९ : ४९
बिहीबार, २५ चैत २०७२

काठमाडौँ– नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा आगामी दुई वर्षसम्म वर्तमान सरकारले नै नेतृत्व गर्ने दाबी गरेका छन् ।

रिपोटर्स क्बल नेपालले सरकार गठन भएको छ महिनाको सन्दर्भ पारेर सरकारको समीक्षा गर्न आयोजना गरेको साक्षात्कारमा उनले अहिलेको सरकारले देशमा पुनःनिर्माणका साथै स्थानीय निर्वाचन सम्पन्न गराउनेछ भने ।

सचिव ज्ञवालीले सरकारले महँगी, कालोबजारी नियन्त्रणका लागि प्रभावकारी कार्य गर्नुपर्नेमा जोड दिए । उनले सरकारको छ महिने कार्यकाल सन्तोषजनक नै रहेकाले मुलुकलाई आर्थिक उन्नति गरी देश विकासका लागि सरकारको विकल्प नरहेको दावी गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले यो अवधिमा जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने काम गर्न नसकेको र भूकम्पपछिको पुनःनिर्माण कार्यलाई छिटोछरितो अगाडि बढाउन नसकेकामा चिन्ता गरे ।

उनले सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, संसद्लाई छलेर कालोबजारीसम्बन्धीको १० वर्षको कैदलाई एक वर्षमा झार्ने काम गरेको र व्यवस्थापिका–संसद्को अधिवेशन बोलाउन ढिला गरेको बताए ।

सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप