स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग
काठमाडौँ– नेपाल विद्यार्थी सङ्घले उमेरको हदबन्दी नराखी तीन दिनभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । नेवि सङ्घले आज काठमाडौँका ४० भन्दा बढी क्याम्पसका इकाइ सभापतिको भेला गरी अघिल्लो सहमतिअनुसार निर्वाचन गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।
निर्वाचनबारे यसअघि भएको सहमतिअनुसार २०७२ भित्र निर्वाचन गर्दा पहिलोपटक एक निर्वाचनमा उमेरको हदबन्दी नलाग्ने भन्ने थियो । तर अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनबारे बुधबार पत्रकार सम्मेलन गरी २८ वर्ष उमेर नाघेकाले निर्वाचनमा भाग लिन नपाउने गरी निर्वाचन घोषणा गर्न त्रिविलाई आग्रह गरेको थियो ।
विद्यार्थी सङ्गठत र त्रिविबीच भएको सहमतिअनुसार तीन दिनभित्र निर्वाचन मिति घोषणा नगरिए आफूहरु प्रत्यक्ष निर्वाचनको पक्षमा सङ्घर्षमा उत्रने नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए
नेवि सङ्घले तीन दिनभित्र निर्वाचनको मिति तोक्न माग गर्दै शुक्रबार त्रिविका पदाधिकारीलाई ज्ञापन बुझाउने र निर्वाचनको वातावरण बनाउन सबै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराउने जनाएको छ ।
तीन दिनभित्र उमेर हदबन्दी नराखी निर्वाचनको मिति घोषणा नगरिएको निर्वाचन र मुलुकमा ब्याप्त कालोबजारीविरुद्ध सङ्घर्ष गरिने प्रवक्ता लामिछानेले बताए । प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण