३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
शुक्रबार, ०१ साउन २०८३, १६ : ०४
सारांश
- ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ।
- सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ।
- प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने छ।
काठमाडौँ । ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ।
ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि, वन तथा पर्यावरण मन्त्री गिता चाैधरीकाे सचिवालयले जनाएकाे छ।
सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी सुरु भएको छ । यो आज ढुवानी सुरु भएको मल करिब चार दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै क्रमशः बाँकी खेप पनि छिटो नै नेपाल भित्रिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण