शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग

शुक्रबार, ०१ साउन २०८३, १६ : १३
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • महिला शिक्षक समाजले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’को प्रचार गीतमा अमर्यादित शब्द प्रयोग भएको भन्दै आपत्ति जनाएको छ।
  • समाजले उक्त गीतले शिक्षण पेसाको गरिमा, शिक्षकको सम्मान र महिला शिक्षकहरूको सामाजिक मर्यादामाथि आघात पुर्याएको ठहर गरेको छ।
  • महिला शिक्षक समाजले प्रचार सामग्री तत्काल हटाउन, गीतको प्रचार रोक्न र चलचित्रमा समेत प्रयोग नगर्न निर्माता पक्षसँग माग गरेको छ।

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएको गीतप्रति महिला शिक्षक समाजले आपत्ति जनाएको छ।

समाजका अध्यक्ष डा. जानुका नेपाल र सचिव गीता भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षक तथा समग्र शिक्षक समुदायप्रति अमर्यादित शब्द, ध्वन्यात्मक अभिव्यक्ति र गलत आशय प्रस्तुत गरिएको आरोप लगाएको छ। 

यसले शिक्षण पेसाको गरिमा, शिक्षकको सम्मान तथा महिला शिक्षकहरूको सामाजिक मर्यादामाथि आघात पुगेको समाजको ठहर छ।

समाजले सार्वजनिक गरिएको प्रचार सामग्री तत्काल हटाउन, सम्बन्धित गीतको प्रचारप्रसार बन्द गर्न तथा चलचित्रमा समेत उक्त गीत प्रयोग नगर्न निर्माता पक्षसँग आग्रह गरेको छ।

साथै, समाजले आफ्नो मागको बेवास्ता गर्दै गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ।

750439298_2038505057055667_768945082420307463_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप