एसएलसी दिने विद्यार्थी बसेको घरमा आगलागी
म्याग्दी - म्याग्दीको दरवाङमा एसएलसी दिन गाउँबाट आएका विद्यार्थी बसेको एउटा घरमा आज बिहान आगलागी भएको छ । जनप्रिय उच्च मावि परीक्षा केन्द्रमा एसएलसी दिन आएका अमरज्योति मावि रुम डाँडागाउँका विद्यार्थी बसेको मेखबहादुर पुनको घर आगलागीबाट ध्वस्त भएको हो । बिहान करिब ८ बजे विद्युत् चुहावट भई आगलागी हुँदा दुईतले घरमा रहेका सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरका लत्ताकपडा, अन्नका साथै एसएलसी दिने विद्यार्थीको पाठ्यपुस्तक लगायतका सामग्री आगोले जलेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । जनप्रिय उच्चमावि नजिकै रहेको उक्त घरमा ६६ जना एसएलसी दिने विद्यार्थी बस्दै आएका थिए । परीक्षा केन्द्रको नजिकै रहेको घरमा आगलागी भएका कारण जनप्रिय उच्चमाविमा आजको एसएलसी ५५ मिनेट ढिला गरी सुरु भएको प्रनाउ खड्काले बताए । प्रहरी, स्थानीय बासीन्दा र विद्यार्थीले आगलागी नियन्त्रणमा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण