छ कि छैन सम्झना मायालाई कुरा पैलाको ? (भिडियो)
काठमाडौं–थाहै नपाई मायामा फसेको, उनी आफ्नो मुटुमा बसेको... कुरा अहिले प्रेम झाँगिपछि तपाईले सम्झने प्रयास गर्नुभएको छैन होला । त्यो विगत, त्यो लुकिछिपी साँच्चै मिठो सम्झना अहिले सम्झँदा आफैलाई अचम्म लाग्छ । यदि सम्झनु भएको छैन भने विगतको प्रेमको चक्कर ब्यूँझाईदिएको छ शिवदर्शन डिजिटलले । लोक दोहोरी ‘पानी घैलाको’ मार्फत शिवदर्शनले मायालु जोडिहरुलाई पैलाको कुरा सम्झना गराईदिएको हो । कोही केटा वा केटि चित्त बुझ्यो माया लगाउन मन लाग्यो भने साईत जुराएर हुँदैन । आफूहरुको भेटमा भएका अनौपचारीक कुराहरु नै माया लाउने आधार बन्छन् । माया बसेको केही वर्षपछि ति आफैलाई सम्झाएईदिएका छन् राजु स्वनाम र गायत्री थापाले । ठेट गाउँले शब्दमा राजु स्वनामले माया लगाउँदाका अनौपचारीक कथाहरुलाई लोकगिती शब्दमा रचना गरेको गीतमा संडगीत पनि स्वनामकै छ । स्मृति तिमील्सीनाको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियोमा आरिस क्षेत्री र रीचा थापाले अभिनय गरेका छन् । कलाकार गायत्री यसैगीत मार्पmत एक वर्षपछि फेरी नेपाली संगीत बजारमा आएकी छन् । आफ्ना बुबाको देहावशानको शोकमा एक वर्षसम्म कुनै गीतमा स्वर नदिएकी थापाले मायाको पुरानो सम्झना लिएर लोकसंगीतको बजारमा पुन उदाएकी हुन् । अव भने निरन्तर यात्रा जारी रहने थापाले बताईन् ।
https://www.youtube.com/watch?v=DsLjULqpAekखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण