मध्यरातमा युवकको हत्या
पाँचथर– आरुबोटेबाट सांस्कृतिक कार्यक्रम हरेर फर्कने क्रममा गए राति एक युवकको हत्या भएको छ ।
पाँचथर रवी–२ लिलियाखोलाको बाटोमा रवी–१ का सुखवीर राईको हत्या गरी फालेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । ओलने–९ घर भई रवी–१ स्थित आफन्तको घरमा बस्दै आएका ‘देउके’ भन्ने अनिल राईले सुखवीरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले अभियुक्तको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । सुखवीरको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र रवीमा लगिएको छ ।
यसैबीच, पाँचथरको दक्षिणी गाविस याशोक–५ स्थित शेरजम्बा सामुदायिक जङ्गलमा भर्रखर जन्मेको शिशुको शव फेला परेको छ । शुक्रबार साँझ जङ्गलमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
केहि दिनअघि नै मारेर जङ्गलमा फालेको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको भन्दै यासोक–५ का दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण