शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आलु प्याजसँगै लागूऔषध

शनिबार, २७ चैत २०७२, १६ : ००
शनिबार, २७ चैत २०७२
मकवानपुर– ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका १७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा बीरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख १७६२ नम्बरकाको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममालागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । झोला भित्र आलु, प्याज र ब्ल्याङकेटले छोपी लुकाई छिपाई राखेको अवस्था शनिबार सो बसमा यात्रारत बाँके नेपालगन्जका सुरेश शाहीलाई पक्राउ गरेको हो  । प्रहरीले उनको साथबाट लागुऔषध डाईजेपाम ३०० एम्पुल , व्युप्रिनोर्फिन ४०० एम्पुल,फेनार्गन ३०० एम्पुल बरामद गरेको जनाएको छ । सुरेशले आफूलाई काठमाडौं टेकुका राजु शाहीले भनेकाले काठमाडौं लगिदिन लागेको प्रहरीसामु बयान दिएका थिए । सोहि आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीको सहयोगमा शाहीलाई पनि मकालु पेट्रोल पम्पबाट पक्राउ गरिएको छ । राजु शाहिलाई सोधपुछ गर्दा उक्त लागुऔषध कारोबारमा अजित कुमार श्रेष्ठको पनि संलग्नता रहेको खुलेपछि उनी पनि पक्राउ गरेका छन् । प्रहरीले पक्राउ परेका तिनैजनामाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप