कामदारको कुटीकुटी हत्या गर्ने बस्नेत पक्राउ
शनिबार, २७ चैत २०७२, १६ : ०७
महोत्तरी– कामदारको हत्या गर्ने महोत्तरीको हात्तिलेटका २७ बर्षीय फाल्गुण भनिने पावन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । हात्तिलेट २ बिजय बस्तीका २६ बर्षीय बिजुलीया सदालाई मंगलबार साँझ बस्नेतले निर्घात कुटपीट गरेकोमा शनिबार बिहान उनको मृत्यू भएको थियो ।
सदाको मृत्यू पश्चात भागेर भारत गइरहेको बेला सम्सि नाकाबाट सादा पोसाकमा खटिएको प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरीनायव उपरिक्षक शालिग्राम शर्माले बताए ।
[caption id="attachment_42571" align="alignleft" width="355"] मृतक[/caption]
बस्नेतले संचालन गरेको कुकुरा फर्ममा काम गर्न सदालाई राखेका थिए । मंगलबार साँझ कुकुरालाई पानि ल्याएर नखुवाएको भन्दै पथलैया बजारबाट रक्सी सेवन गरि आएका पवनले बिजुलीयालाई निर्घात कुटपीट गरेका स्थानीय जानुका परियारले बताइन् ।
उनले भनिन्,‘ कुटपीटको घटना कसैलाई नभन्न वसन्तले स्थानीयलाई धम्की दिएको थियो । डरका कारण गाउँले प्रहरीमा खवर गर्न आँट गरेनन् ।’
निर्घात कुटाइका कारण सदा चार दिनदेखि ओछ्यानमै थलापरेका प्रत्यक्षदर्शीले बताएका छन् । सदाको अनुहार, छाती र कोखमा गहिरो चोट देखिएको छ ।
गरिव तथा दलितहरुको बसोबास रहेको बिजय बस्तीमा बिजुलीयाको हत्याले गाउँ सोकमा डुबेको छ । करीब १ किलो मिटर टाढाबाट साइकलमा पानी ओसारेर दैनिक बिजुलीयाले बस्नेतले संचालन गरेको दुई कुकुरा फर्ममा कुकुरालाई पानी र चारो हाल्ने काम गर्दै आएका स्थानीय मिनु दमाइले बताइन् ।
आफ्नो नाममा एक धुर जग्गा नभएका बिजुलीया दिनहुँ पाँखुरा चलाएर जीवन चलाउँदै आएका थिए । रातु खोलाको बगरमा एउटा सानो झुप्डिमा बस्दै आएका थिए ।
घटनाको न्यायिक छानविन हुनु पर्ने र हत्यारालाई कडाभन्दा कडा कारवाही हुनु पर्ने स्थानस्वासिन्दाहरुले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण