आन्दोलन गर्न भन्दै दौडधूपमा उपेन्द्र
काठमाडौं – मधेसी तथा आदीवासी जनजाती समुदायले अधिकार नपाएको र त्यसका लागि संघर्ष गर्न भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दौडधूपमा लागेका छन् । सोहिअनुसार यादवको अगुवाईमा मधेशमा ६ महिना लामो आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र आदिवासी जनजाति दलहरु मिलेर संयुक्त रुपमा राष्ट्रव्यापी आन्दोलन विषयमा छलफल भएको छ । शनिवार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा मिलेर आन्दोलन गर्ने विषमया बृहत् छलफल भएको बताइएको छ । सो छलफलबाट आन्दोलनरत दलहरुको सबैको एजेन्डा समान भएकोले संयुक्त रुपमा राज्य विरुद्ध निर्णायक आन्दोलन गर्ने सहमति भएको अध्यक्ष यादवले बताए । ‘राज्यको विभेदकारी नीति विरुद्ध हिमाल, पहाड र मधेश लगायत विभिन्न क्षेत्र, प्रदेशमा संघर्षरत शक्तिहरुलाई एकताबद्ध गरी जारी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने सहमति भएको छ’– बैठकपछि यादवले भने । त्रुटिपूर्ण संविधान विरुद्ध संघर्षरत सबै पक्षको एजेन्डा र माग समान भएकोले राज्य विरुद्ध संयुक्त रुपमा उठ्नुको विकल्प नभएको अध्यक्ष यादवले बताए ।
अधिकार र पहिचानका लागिसंघर्षरत मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले जारी आन्दोलनलाई राष्ट्रव्यापी रुपमा चर्काउने तयारीलाई तीब्रता दिएको बेला यादव थप समर्थन जुटाउन अग्रसर भएका हुन् । यसैबीच गठबन्धनले राजधानीको सभागृहमा वैशाख ६ गते बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता विषयक नाराका साथ वरिष्ट राजनीतिज्ञ एवं बौद्धिक व्यक्तिहरु प्रमुख वक्ता रहने सो अन्तरक्रियाले आगामी आन्दोलनलाई दिशानिर्देश गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण