शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अज्ञात रोगका कारण पशु चौपाया मर्न थाले

शनिबार, २७ चैत २०७२, १८ : ३५
शनिबार, २७ चैत २०७२

 सल्यान  - सल्यान भल्चौरमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् । भल्चौर गाउँ विकास समिति वडा नं. ७ गलातमा फैलिएको अज्ञात रोगका कारण दर्जन बढि पशु चौपाया मरेका छन् । केहिदिन अघि फैलिएको अज्ञात रोगका कारण एक गोरु र बाँकी बाख्रा मरेको स्थानीय किसानहरुले बताएका छन् । चौपायाहरुमा पछाडिको रोग नचल्ने, कराउने, पातलो सिगान बग्ने जस्ता लक्षण देखा परेको केही घण्टामा नै मर्ने गरेको भल्चौर ७ का स्थानीय एमवि समपर्ण मल्लले जानकारी दिएका छन् । भल्चौर का डम्बर मल्लको एक बोका, पहले सार्कीको एक गोरु, राम बहादुर मल्लको ३ बाख्रा, कोमल मल्लको १ बाख्रा, दुर्गा बहादुर मल्लको १ बाख्रा, केशर बहादुर चन्दको १ बाख्रा र शिव बहादुर शाहीको १ बोकी लगायतका अन्य किसानहरुका चौपायाहरु मरेको मल्लले बताए । पशु चौपायाहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । पशु सेवा केन्द्र भल्चौरबाट पुगेको पशु प्राविधिकहरुको टोली पुगेर औषधि उपचार गरेपनि रोग नियन्त्रणमा आउन नसकेको जनाइएको छ । रोगको पहिचान हुन नसक्दा कुन औषधि प्रयोग गर्ने भन्नेमा प्राविधिकहरु नै अन्यौलमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप