आइपीएल : हेर्नलायक ५ विदेशी खेलाडी
आइपीएलको नयाँ सिजन आजदेखि शुरु हुँदैछ । यसपटक भारतीय घरेलु खेलाडी र विदेशी खेलाडी सम्मिलत ८ टोलीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक आइपीएलमा केही परिवर्तन देखिनेछन् । बेटिङ प्रकणमा चेन्नाई सुपरकिंग र राजस्थान रोयल्स फसेपछि यसपटक उनीहरुको स्थानमा दुई नयाँ टोली थपिएका छन् । सिजन ९ को पहिलो खेल मुम्बाई इन्डियन्स र नयाँ टोली राइजिङ पुने सनराइजर्सबीच हुनेछ । दोस्रो खेल शनिबार कोलाकाता नाइट राइडर्स र दिल्ली डेयरडेविल्सबीच हुनेछ । अर्को नयाँ टिम गुजराज लायन्सले ११ अप्रिलमा आफ्नो पहिलो खेल किंग्स इलेवन पंजाबसँग खेल्नेछ । १२ अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादबीच हुनेछ । आइपीएलमा यसपटक कुल ५६ खेल हुनेछ । त्यसपछि प्लेअफ २४,२५ र २७ मे का दिन हुनेछ । २९ मेमा आइपलको फाइनल मुम्बईमा हुनेछ ।
इएसपीएन क्रिक इन्फोले यस सिजन हेर्न लायक ५ विदेशी खेलाडीको सूचि तयार गरेको छ ।
ट्राभिस हेड
रोयल च्यालेन्जर्स बैंगलोरका विकेट किपर ब्याटस्म्यान हेडको औसत २९ दशलमव ७८ छ । उनको स्ट्राइक रेट १४९.७३ हो । उनले बिग बास लिगमा सिड्नी सिक्सर्स विरुद्ध एडिलेइड स्ट्राइकर्सबाट शतक प्रहार गरेका थिए । उनको खेलबाट प्रभावित भएपछि एडल गिलक्रिस्टले आफ्नो ट्वीटर एकाउन्टमा प्रोफाइल फोटो परिवर्तन गर्दै हेडको तस्विरराखे । साम बिलिङग्स दिल्ली देरडेभिल्सका यि खेलाडी रग्वी, टेनिस र फुटबल समेत खेल्छन् । कुनै समय टोटेनह्याम फुटबल क्लबले उनलाई ट्रायलका लागि बोलाएको थिए । तर इंग्ल्याण्डको यू–१४ क्रिकेट टोलीका लागि खेल्न उनले टोटेनह्यामको प्रस्ताव अस्विकार गरे । गत वर्ष इंग्ल्याण्डका लागि डेब्यु गरेका बिलिङले पाकिस्तानबिरुद्ध दुबईमा २५ बलमा ५३ रन बनाएका थिए । उनीसामू वहाव रियाज समेत चल्न सकेनन् । पिटर ह्यान्डस्कम्ब राईजिङ पुने सुपर जाइन्टस्का यि अस्टे«लियन खेलाडी अहिले पूर्ण फर्ममा छन् । टेस्ट क्रिकेटमानिकै खतरनाक मानिएका ह्यान्डस्कम्ब आईपिएलमा पनि चल्न सक्छन् । विकेटकिपर ब्याटस्म्यान ह्यान्डस्कम्ब ओपनर हुन् । एन्ड्रयू टाइ यि खेलाडीले गुजरातबाट डेब्यु गर्दैछन् । उनको बलिंग एभरेज २२.२२ र इकोनोमी रेट ७.४० छ । उनले पर्थलाई सन् २०१४–१५ को सिजनमा बिगबास लिगको उपाधी जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । एडम जाम्पा राईजिंग पुनेका यी बलर अर्का खतरनाक लेग स्पिनर हुन् । उनले बिगबाग लिगमा यस सिजन १२ विकेट लिएका थिए । भर्खरै सकिएको टी–२० वल्र्डकपमा १३.८० को एभरेजमा ५ विकेट लिएपछि उनी पुनेमा आबद्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण