शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रगतिशील लेखक सङ्घमा पोखरेल

आइतबार, २८ चैत २०७२, ०८ : ०२
आइतबार, २८ चैत २०७२

काठमाडौँ–गएराति सम्पन्न प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनले प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

समितिमा १७ पदाधिकारी र ५२ केन्द्रीय सदस्य (२३ सचिवालय सदस्य), छन् भने सम्मेलनले ७० जनालाई राष्ट्रिय परिषद् पनि चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजबहादुर कुँवर, महिला उपाध्यक्षमा डा विन्दु शर्मा, प्रदेश उपाध्यक्षहरुमा मिश्र वैजयन्ती, रोशन जनकपुरी, डा कृष्णराज अधिकारी, खेम थपलिया, पदमप्रसाद शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट चयन भएको निर्वाचन मण्डलका संयोजक हरिगोविन्द लुइँटेलले घोषणा गरे।

महासचिवमा आरएम डङ्गोल, वरिष्ठ सचिवमा पुण्य गौतम विश्वास, होमशङ्कर बास्तोला, प्रकाश सिलवाल, सरिता तिवारी र शोभा दुलाल, कोषाध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् भने सचिवालय सदस्यमा सङ्गीत स्रोता, कृष्णहरि भट्ट, राजु स्याङ्ताङ, लक्षिराम आचार्य, भागवत आचार्य र आरसी न्यौपाने चयन भएका छन् ।

बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष निनु चापागाईं र निवर्तमान अध्यक्ष प्राज्ञ डा अमर गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए। नवनिर्वाचित अध्यक्ष पोखरेलले केन्द्रीय सचिवालयले चाँडै तीन वर्षे कार्ययोजना ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनले निवर्तमान महासचिव मित्रलाल पङ्गेनी, कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा सङ्घीयता अनुकूलको विधान संशोधन छलफलसहित पारित गरेको थियो । सम्मेलनमा ३५० प्रतिनिधि थिए ।

सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । विसं २००७ मा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित सामन्तवादी र साम्रज्यवादी संस्कृतिका विरोधी लेखकको सो संस्था सबै वाम घटकको साझा लेखकीय मोर्चा मानिन्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप