तनहुँ र उदयुपुरमा आगलागी
आइतबार, २८ चैत २०७२, ११ : २५
तनहुँ, २८ चैत । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ गल्छिनास्थित पोषराज सिग्देलको घरमा व्यवसाय गर्दै आएका छाङ गाविस वडा नं ५ वस्ने ईश्वर मल्लको मल्ल डसना उद्योगमा गएराति आगलागी हुँदा करिब रु १६ लाख बराबरको क्षति भएको छ ।
चारवटा कोठामा राखिएका सिरक डसनामध्ये दुई कोठामा रहेका सिरक डसना जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय वेलचौताराका सई काशीराम चौधरीले जानकारी दिनुभयो ।
आगलागीबाट सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । राति करिब १२ बजेको समयमा प्रहरीमा जानकारी आएपछि तत्काल प्रहरी घटनास्थलमा पुगेको थियो ।
प्रहरी र स्थानीय बासिन्दाले समेत आगो निभाउन नसकेपछि सदरमुकाम दमौलीबाट राति ३ बजे दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको सई चौधरीले बताए । ‘दमकल बोलाएपछि दुईवटा कोठामा राखिएका सिरक डसना जोगाउन सकियो, नत्र अझै बढीको क्षति हुने थियो’ चौधरीले भने ।
त्यसैवीच उदयपुरको खाँबु गाविस–९ मा शनिबार भएको आगलागीमा दुई घरमा आगलागी हुँदा करिब रु २८ लाख बराबरको क्षति भएको छ ।
स्थानीय जङ्गलबाट सल्केर आएको आगोले खाँबु–९ को सिंहबहादुर मगरको घरमा आगलागी हुँदा मगरको तीनतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
आगलागीका कारण मगरको घरको लत्ताकपडा, अन्नपातसहित तीनतोला सुन, नगद रु ४० हजार तथा नौवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । आगलागीबाट मगरको रु २० लाख क्षति भएको पनि प्रहरीले बताएको छ ।
यस्तै, शनिबार नै सोही स्थानका हीराबहादुर मगरको घरमा आगलागी हुँदा घर तथा अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगलागीबाट मगरको रु आठ लाख बराबरको सम्पत्ति नष्ट भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताउनुभयो ।
स्थानीय जङ्गलमा डढेलो लागेका कारण जङ्गलबाट घरमा आगो सल्केको प्रहरीले बताएको छ ।
गाउँले र स्थानीय प्रहरी चौकीको सक्रियतामा आगो भने अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण