टाउकोमा गम्भिर चोट लागेका विकको गोरखा समाजद्वारा सहयोग
युएई-रूखबाट लडेर टाउकोमा गम्भीर चोट लागेका गोरखा जिल्ला हर्मीका-१३ वर्षीय विकास विकको उपचारको सहयोगार्थ गोरखा सेवा समाज यूएईले आर्थिक सहयोग गरेको छ ।
अति विपन्न वर्गमा जन्मिएका विक गत हप्ता घाँस काट्ने क्रममा रूखबाट लडेर टाउकोमा गम्भिर चोट लागेको र आर्थिक समस्याले उपचारसम्म गर्न नसकेको खबर आएपछि गोरखा सेवा समाज यूएईले सहयोग रकम संकलन गरेको हो।
गोरखा सेवा समाज युएईका प्रतिनिधिहरूको एक टोली चितवन मेडिकल कलेज एण्ड टिचिङ् हस्पिटल पुगि बिरामीका बुबा हिरा बहादुर विकलार्इ रु पचास हजार नगद हस्तान्तरण गरेका थिए । सोही क्रममा बिरामीको अवस्था समेत बुझेको गोरखा सेवा समाज युएईका संस्थापन अध्यक्ष शुरेश ढकालले बताउ ।
रोजगारीको शिलशिलामा यूएई आई आफ्नो गाँसबाट भएपनि केहि रकम निकाली सहयोग गर्नुहुने यी सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्दै सस्थाका महासचिव सञ्जय पोखरेलले आउँदा दिनमा पनि एक आपसमा मिलेर हातेमालो गर्दै दुस्खी पीडितहरुलाई सक्दो सहयोग गर्ने बताए । हाम्रो यो अभियानमा नेपालबाट दस हजार रूपैयाँ आर्थिक सहयोग गर्नुहुने दिदी लक्ष्मी श्रेष्ठलार्इ हार्दिक धन्यवाद दिँदै महासचिव पोखरेलले भावी दिनहरूमा पनि सहयोगको अपेक्षा गरेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण