संविधानको पुर्नलेखन हुनुपर्छ : अध्यक्ष यादव
उदयपुर – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तीन दलले जवरजस्ती जारी गरेको संविधान पुर्नलेखन गर्नुपर्ने माग गरेका छन् ।
मंगलबार उदयपुरको गाईघाटमा किरात प्रदेश स्तरीय जनसभालाई सम्बोेधन गर्दै अध्यक्ष यादवले जवरजस्ती घोषणा गरेको संविधान पुर्नलेखन गरि प्रादेशिक स्वयत्तता र स्वशासनसहितको संघीय राज्य हुनुपर्ने बताएका हुन् ।
सरकारको आलोचनामा बढी समय खर्चिएका यादवले वर्तमान तस्कर, कालोबजारी र माफियाको भएकाले यसको विकल्प जसरी भएपनि खोज्नुपर्नेमा जोड दिए । ‘हाम्रो आन्दोलन राज्य सत्ताविरुद्ध भएकाले जनताको अधिकार दिलाउन अब राष्ट्रिय स्वरुपको आन्दोलन चाँडै नै सुरु हुनेछ ।’
फुटाउ र शासन गर भन्ने सोचका साथ आन्दोलन तुहाउन केही तत्व लागेकोले त्यसलाई निस्तेज पानुपर्नेमा जोड दिँदै उनले भने, ‘सरकार सधैँ हाम्रो आन्दोलनलाई अन्तराष्ट्रिय तत्वको आन्दोलन भनेर आन्दोलन तुहाउन खोजेकोले त्यसतर्फ चनाखो हुनुपर्नेछ ।’
त्यसैगरी, संघीय समाजवादी फोरममा नेता अशोक कुमार राईले सभालाई सम्बोधन गर्दै सरकारले वार्ताको वातावरण नबनाएको कारण वैशाख पहिलो हप्ताबाट आन्दोलनमा केन्द्रीत हुने बताए ।
पार्टी एकीकरण पश्चात पहिलो पटक गृह जिल्ला उदयपुर आईपुगेका नेता राईले अबको आन्दोलन मधेस केन्द्रीत नभई काठमाडौं केन्द्रीत हुने उद्घोष गरे ।
‘केपी नेतृत्वको सरकारको अहंकार तोड्न भएपनि आन्दोलनको विकल्प छैन ।’ सरकारलाई वार्ताको वातावरण निर्माण गर्न मधेस आन्दोलन स्थगित गरेको बताउँदै राईले भने, ‘सरकारसँग वार्ता गर्नको लागि हामीले उत्कर्षमा पुगेको मधेस आन्दोलन रोकेका थियौं । तर, सरकार वार्ताको पक्षमा नरहेकोले हामी आनदोलनको तयारीमा लाग्नुको हाम्रो वाध्यता भएको छ ।’ नेपाल हाम्रो देश, किरात हाम्रो प्रदेश भन्ने नाराका साथ गाईघाटस्थित पीपल चौकमा सम्पन्न सभामा संघीय समाजवादी फोरमका आधा दर्जन केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण