शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मेगा बैंकका कर्मचारीबाट मिर्गौला पीडित सहकर्मीलाई पाँच लाख सहयोग

बुधबार, ०१ वैशाख २०७३, १४ : २८
बुधबार, ०१ वैशाख २०७३
काठमाडौं–मेगा बैंकका कर्मचारीहरुले मिर्गौला रोगबाट पीडित आफ्नै सहकर्मीलाई पाँच लाख रुपैँया सहयोग गरेका छन् । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थोपचार गराइरहेका मेगा बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई मेगा बैंक कर्मचारी युनियनको पहलमा पाँच लाख रुपैयाँ सहयोग गरिएको हो । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपैयाँमा पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । मेगा बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ हजार ३ सय ९८ र युनियनका सल्लाहकार तथा पदाधिकारीबाट त्यसमा २५ हजार ६ सय २ रुपैँया थप गरी पाँच लाख रुपैयाँ सहयोग गरिएको हो । मेगा बैंकका सिइओ शाहले आफ्नै सहकर्मीलाई सहयोग गर्नका लागि कर्मचारी युनियनले गरेको पहलको प्रशंसा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप