मधेशको समस्या समाधान नभए सरकारमा जादैनौंः महन्त ठाकुर
बुधबार, २२ वैशाख २०७३, १५ : ५२
काठमाडौं– तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेशको समस्या समाधान नभए आफुहरु नयाँ बन्ने सरकारमा नजाने बताएका छन् ।
बुधवार संसद भवनमा बसेको नेपाली कांग्रेस र मधेशी मोर्चाको बैठकबाट बहिदिँदै अध्यक्ष ठाकुरले भने, ‘बैठकमा हामीले मधेशको समस्याका बारेमा कुरा राख्यौं, सरकार हाम्रो प्राथमिकतामा छैन, मधेशको समस्या नसुल्झिए सरकामा सहभागी हुँदैनौं ।’
ठाकुरका अनुसार बैठकमा सहभागी मधेशी मोर्चाका नेताहरुले नेपाली कांग्रेसलाई कस्को नेतृत्वमा सरकार बनाउने भन्नेबारे पहिला आफुहरु भित्रै क्लियर हुन आग्रह गरेका छन् ।
बैठकमा सहभागी शेबहादुर देउवा लगायतका कांग्रेस नेताहरुले देशको समस्याका कारण सरकार बदल्नुको विकल्प नभएको धारणा राखेको ठाकुरले जानकारी दिए ।
बैठक अहिले पनी चलिरहेको छ । कांग्रेस सभापती शेर बहादुर देउवा, विमलेन्द्र निधी, चिनकाजी श्रेष्ठ, सितादेवी यादव, गोपालमान श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् । त्यस्तै मोर्चाको तर्फबाट राजेन्द्र महतो, उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजकिशोर यादव लगायतका नेताहरु सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण