प्रचण्डले ओलीलाई भने, ‘कांग्रेसले समर्थन गरिसक्यो, तपाईं पनि गर्नुहोस्’
काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भटेर आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि समर्थन गर्न आग्रह गरेका छन् । एमाओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेसँगै बालुवाटार पुगेर ओलीसँग छलफल गरेका हुन् । एमाओवादी स्रोतका अनुसार आजको बैठकमा प्रचण्डले ओलीलाई आफूलाई नेपाली कांग्रेसले समर्थन गरिसकेको जानकारी गराउँदै नेकपा एमालेले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डको भनाई उद्धृत गर्दै एक माओवादी नेताले भने, ‘अब राष्ट्रिय सहमतिको सरकार बनाऔं । यसको नेतृत्व हामी गर्छौं ।’ जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा बजेट ल्याउन दिन प्रचण्डसँग आग्रह गरेका थिए । यता, एमाले नेताहरुले पनि जसरी भए पनि सरकारले नीति तथा कार्यक्रम ल्याएर छाड्ने बताएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार दुई नेताबीच राष्ट्रिय सहमति निर्माण लगायत विषयमा पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण