बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डेढ किलो सुनसहित एकजना पक्राउ

बुधबार, २२ वैशाख २०७३, १६ : ०१
बुधबार, २२ वैशाख २०७३

हेटौँडा - जिल्ला प्रहरी कार्यालय मकवानपुरले वैशाख २२ गते बिहान करिब ३ः४५ बजे हेटौँडा उपमहानगरपालिका–१७ रातोमाटेस्थित प्रहरी चेकपोस्टमा काठमाडाँैबाट गौरतर्फ जाँदै गरेको बा३ख ४७४६ नंको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा अवैध रुपमा लुकाइछिपाइ ल्याएको एक किलो ५०० ग्राम सुनसहित एकजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । रौतहट जिल्ला गौर नपा–१३ बस्ने ३० वर्षीय अर्जुन सिंहलाई अवैध सुनसहित पत्रकारसम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ । त्यसैगरी यही वैशाख २१ गते बेलुकी ७ बजे वीरगन्जबाट हेटौँडातर्फ आइरहेको ना १ ज ५२७० यात्रुवाहक बसलाई रातोमाटे प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध डाइजोबाम २४ एमपुल, ब्युप्रिनोर्फिन २५ एमपुल र फेनार्गन २४ एमपुल गरी ७३ एमपुलसहित एकजनालाई जिप्रका मकवानपुरले पक्राउ गरेको छ । जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ बस्ने ३९ वर्षीय सन्तोष गुप्तालाई लागुऔषधसहित सार्वजनिक गरेको छ । जिप्रका मकवानपुरले आवश्यक अनुसन्धानपश्चात् सम्बन्धित निकायमा पेस गर्ने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप