बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नक्कली प्रमाणपत्रधारी गोमा एयरका पाइलट पक्राउ

बुधबार, २२ वैशाख २०७३, १६ : ०७
बुधबार, २२ वैशाख २०७३
काठमाडौं– प्रहरीले नक्कली प्रमाणपत्रधारी एक पाइलटलाई पक्राउ गरेको छ । बिज्ञान संकायको नक्कली प्रमाण पत्र पेश गरी फिलिपिन्समा पाइलट कोर्स पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत ईजाजत पत्र प्राप्त गरेका बिशाल कार्कीलाई केन्द्रीय अनुसन्धान व्यूरोले मंगलबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ३६ वर्षीय उनी गोमा एयरमा कार्यरत रहेको प्रहरीले जनाएको छ । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरि बिमान चालकहरू विभिन्न वायु सेवाहरूमा कार्यरत रहेको भन्ने सूचनाको आधारमा ब्यूरो ले अपरेशन हक सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप