राष्ट्रिय झन्डा चिनाउँदै शिल्पकारको ७५ जिल्ला भ्रमण पूरा
काठमाडौँ - देशभरिका मानिसलाई नेपालको राष्ट्रिय झन्डा चिनाउने अभियानका साथ लक्ष्मीनारायण शिल्पकार ७५ जिल्लाको भ्रमण पूरा गरेर राजधानी फर्केका छन् ।
काठमाडौँ कालीमाटीस्थित भीमेश्वर निवासी ६१ वर्षीय शिल्पकारले करिब पाँच महिना लगाएर राष्ट्रिय झन्डाको प्रचारप्रसार गर्दै ७५ जिल्ला भ्रमण गरेर फर्केका हुन् ।
उहाँले राष्ट्रिय झन्डा देशभरिका मानिसलाई चिनाउने अभियानस्वरुप मङ्सिर १ गतेबाट सुरु गरेर यही वैशाख ११ गते सकाएका हुन् ।
उनले नेपाली राष्ट्रिय झन्डा देशभरिका मानिसलाई चिनाउनका लागि देशव्यापी भ्रमण गरेको बताए । उनी राष्ट्रिय झन्डा बोक्दै सहर र गाउँ पुगेको बताए ।
भ्रमणका क्रममा शिल्पकारले अझै पनि केही मानिसले नेपाली झन्डा नचिनेको बताए । “म झन्डा चिनाउन ७५ जिल्लामा पुगेँ”, उनले भने–“अझै केही नेपालीले राष्ट्रिय झन्डा चिनेका रहेनछन् ।”
शिल्पकार नेपाली झन्डा बोक्दै प्रत्येक जिल्लाको सदरमुकाम पुगेका थिए । उनी २०६३ साल चैतदेखि राष्ट्रिय झन्डा बोकी नेपालीलाई चिनाउँदै हिँड्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण