माया गुरुङलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै प्रचण्डले भने, 'भूकम्प प्रतिरोधी घर बनाउनुहोला'
गोरखा - पूर्वप्रधानमन्त्री एवम् एमाओवादी अध्यक्ष प्रचण्डले उत्तरी गोरखाका विभिन्न गाविस पुगेर भूकम्पपीडितको अवस्थाबारे जानकारी लिएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् आज गुम्दा पुगेका उनलले पुनःनिर्माणलाई अनुदान वितरण कार्यक्रमको सुरुवात गर्नुभयो । गुम्दा –८ की लाभग्राही माया गुरुङलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै प्रचण्डले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गरे ।
भूकम्प गएको एक वर्षसम्म पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै उनले अनुदान प्रक्रियाका लागि गाउँमै घुम्ती बैंक स्थापनाका लागि आफूले पहल गर्ने बताए ।
गाविस सचिव हरिबहादुर भुजेलले अनुदान वितरण प्रक्रिया गर्न ६६४ जना लाभग्राहीको नामावली मङ्गलबार सार्वजनिक गरेका थिए । सूचीमा नाम परेका लाभग्राहीले बंैक खाता खोलेपछि गाविस सचिवसँग सम्झौता गर्ने र बैंकमार्फत् रकम बुझेपछि पुनःनिर्माणको काम सुरु गर्नुपर्ने हुन्छ । सांसदहरु हितराज पाण्डे र कृष्ण धिताल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुनःनिर्माण प्राधिकरणका प्रतिनिधिसहित भूकम्प प्रभावित विभिन्न गाविस पुगेका प्रचण्डले अलग्गिएका सबै माओवादी दललाई एकजुट गरी एमाओवादी देशकै ठूलो शक्ति बनाउने दाबी गरे ।
प्रचण्ड आजै लाप्राक पुगेर खानेपानी आयोजनाको पनि शिलान्यास गर्नुभयो । लाप्राकदेखि ६ किलोमिटर टाढा (गणेश हिमालको फेदी) बाट गुप्सीपाखामा खानेपानी ल्याउने योजना छ । भूकम्पपछि गुप्सीपाखामा ६०० अस्थायी टहरामा भूकम्पपीडित बस्दै आएका छन् । लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ (एनआएनए) ले सघाउने यसअघि नै सम्झौता भइसकेको छ ।
यस्तै प्रचण्ड भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पनि पुगेका थिए । बारपाकमा उनले सामुदायिक भवनको शिलान्यास गरेका थिए । भूकम्पपीडित स्थानीयवासीले दाहाललाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष दाहाल आजै सौरपानी र मुच्चोक गाविसमा पुगेर लाभग्राहीलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्ने र पुनःनिर्माण अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण