पानामा पेपर्स लिकमा अजय देवगन पनि मुछिए
मुम्बई – कर छल्नका लागि वाह्य मुलुकमा पैसा लुकाउने मामिलामा बलिउड अभिनेता अजय देवगनको नाम पनि आएको छ । आरोप छ कि अजयले ब्रिटिस भर्जिन आइल्याण्डमा मेरिलबोन इन्टरटेनमेन्ट एन्ड कम्पनी किनेका छन् । तर, अजयले विदेशमा हिन्दी फिल्मको अधिकार किन्नका लागि यो कम्पनी खोलेको प्रतिक्रिया दिएका छन् । यसअघि पानामा पेपर्स लिकअन्तर्गत अमिताभ बच्चन र उनकी बुहारी ऐश्वर्या राय बच्चनको नाम अगाडी आएको थियो । अजयले के गरे ? भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार अजयले ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेका छन् । मेरिलबोन इन्टरटेनमेन्ट २९ अक्टोबर २०१३ मा दर्ता भएको थियो । यसको स्वामित्व हसन एन शयानीको नाममा छ । शयानीसँग एक हजार शेयर थियो । ३१ अक्टोबर २०१३ मा यि तमाम शेयर अजयले किने । पुरै शेयर किनेपछि अजय यस कम्पनीका मालिक बने । बचाउ गर्र्दै के भने अजयले ? घटना सार्वजनिक भएपछि अजयले भनेका छन् ः यो कम्पनी ओभरसिज इन्ववेस्टमेन्टका लागि खोलिएको हो । मैले यस क्रममा पुरै कर तिरेको छु र यो कम्पनी पुरै कानूनी रुपमा दर्ता भएको छ । अजयका चार्टड एकाउन्टेन्टले यस कम्पनीमा अजय र काजोलको शेयर रहेको बताएका छन् । त्यस्तै अजयले यस कम्पनीबाट राजीनामा गरिसकेको समेत बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण