बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस र मधेशी मोर्चाले सरकारलाई ‘एक मिनेट पनि टिक्न नदिने’

बुधबार, २२ वैशाख २०७३, १७ : ०८
बुधबार, २२ वैशाख २०७३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकार गिराउन नेपाली कांग्रेस र मधेशी मोर्चा सहमत भएका छन् । बुधबार संसद भनव नयाँ बानेश्वरमा बसेको कांग्रेस र मोर्चाको बैठकले वर्तमान सरकारले जनताको पक्षमा कुनै काम नगरेको निष्कर्ष निकाल्दै सरकार गिराउने सहमति गरेको हो । बर्तमान सरकारले सत्तामा बसेर कालाबजारीलाई प्रोत्साहन गरेको र भ्रष्टाचारमा लिप्त भएको दावी गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बैठकपछि भने, ‘यो सरकारलाई एक मिनेट पनि टिक्न दिँदैनौं ।’ त्यस्तै कांग्रेस–मोर्चा बैठकमा सहभागी नेता राजेन्द्र महतोका अनुसार नेपाली कांग्रेसले सरकार परिवर्तनको कुरा उठाएको थियो । ‘कांग्रेसले सरकार परिवर्तनको कुरा उठाएको छ’ सद्भावना पार्टीका अध्यक्ष समेत रहेको महतोले भने, ‘यो सरकारले काम नगरेको र मान्छे मारेको कुरामा हामी सहमत छौं, हामीले मधेश समस्या समाधानका लागी कांग्रेसको दृष्टिकोण माग गर्यौं ।’ बैठकमा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यका अनुसार बैठकमा बर्तमान सरकारले भूकम्पपछिको पुनर्निमाण र नयाँ संविधान कार्यान्वयनका लागी तदारुकता देखाउन नसकेको निष्कर्ष निकालेको छ । ‘सरकार असफल हुँदा उत्पन्न परिस्थीतमा कसरी अगाडी बढ्ने भनेर मधेशी मोर्चासँग हामीले छलफल थाल्यौं’ नेता आचार्यले भने, ‘हामी सरकारको विकल्पबारे अरु दलहरुसँग पनि छलफल गर्छौं ।’ त्यस्तै बैठकमा सहभागी कांग्रेसका अर्का नेता विमलेन्द्र निधीले एमाओवादीले सरकारप्रति असन्तुष्टि जनाएकोले नयाँ सरकार बन्ने अवथा आएमा कसरी अगाडी बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए । ‘यदी माओआवीले सरकारको समर्थन फिर्ता लिएमा बर्तमान सरकार अल्पमतमा पर्ने हुनाले नयाँ सरकार बनाउने अवस्था आएमा के गर्ने भन्नेबार मधेशी मोर्चासँग छलफल गर्यौं’ निधीले भने, ‘त्यस्तै मधेशको समस्या संवोध गर्नका लागी कांग्रेसले अग्रसरता लिने हाम्रो पार्टीले निर्णय गरिसकेको हुनाले मधेशको समस्या समाधान कसरी गर्ने भन्नेबारे आज छलफल शुरु गरेका छौं ।’ माओवादीले समर्थन फिर्ता लिएमा नयाँ सकार बनाउने जानकारी दिँदै निधीले भने, ‘नयाँ सरकार कस्को नेतृत्वमा बन्ने भन्नेबारे छलफ भएन, त्यसका लागी पहिले एमाओवादीले समर्थन फिर्ता लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप