एमाओवादीको निर्णयपछि ओलीले बोलाए सत्ताधारी दलको बैठक
बुधबार, २२ वैशाख २०७३, १७ : १७
काठमाडौं– एमाओवादीले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहन नसक्ने भन्दै आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको केहि घण्टापछि प्रधानमन्त्री केपी ओलीले सत्ताधारी दलको बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बालुवाटारमा साँझ ६ बजेको लागि सत्ताधारी दलको बैठक आह्वान गरेको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए ।
बैठकमा एमाओवादीको समेत सहभागिता रहने भएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुको पनि बैठकमा सहभागिता रहने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण